काठमाडौँ, । नेकपा (एमाले) कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखी २५ जनाभन्दा बढीको उपस्थिति रहने गरी पार्टी तथा जनसङ्गठनका कार्यक्रमलाई स्थगित गर्न निर्देशन दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयक सचिव डा. भीष्मनाथ अधिकारीले आज प्रदेश र सवै जिल्ला कार्यालयलाई आन्तरिक सर्कुलर जारी गर्दै कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धि सरकारद्धारा जारीगरिएको स्वास्थ्य मापदण्डलाई पालना गरि कार्यालय सञ्चालन गर्न समेत निर्देशन दिएका छन् ।
यस्तै पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्न र पार्टीका स्थानीय कमिटी, नेता–कार्यकता र जनप्रतिनिधि कोभिड–१९ को महामारीका विरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि सर्कुलरमा भनिएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९