यी १९ काठमाडौँका ‘बुस्टर’ डोज खोपकेन्द्र

यी १९ काठमाडौँका ‘बुस्टर’ डोज खोपकेन्द्र


यी १९ काठमाडौँका ‘बुस्टर’ डोज खोपकेन्द्र

काठमाडौँ, । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ जिल्लाका १९ वटा खोप केन्द्रबाट कोरोना भाइरस विरुद्धको ‘बुस्टर’ डोज उपलब्ध गराइरहेको छ । 

यहीमाघ २ गतेदेखि अग्रपंक्तिमा काम गर्नेलाई काठमाडौँ उपत्यकाका १९ ठाउँबाट ‘बुस्टर’ डोज लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । 

वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुस्टर डोज लगाइने छ ।

यस्तै निजामती कर्मचारी अस्पताल, सुभेक्षा अस्पताल, पिपुल्स डेन्टल अस्पताल, जनमैत्री अस्पताल, गान्डी इन्टरनेशनल अस्पताल, काठमाण्डु मोडल अस्पताल, नर्भिक अस्पताल, नोबेल अस्पताल, बयोधा अस्पताल, शहीद स्मृति अस्पताल, नयाँ बसपार्क र एपेक्स पोलिक्लिनिक जडिबुटीमा पनि खोप लगाइन्छ । 

खोप लगाउनका लागि खोप कार्ड लिएर जान मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले हिजो माघ २ गतेबाट अग्रपंक्तिमा काम गर्नेलाई बुस्टर डोज लगाइरहेको छ । 

 


प्रकाशित मिति: सोमबार, ३ माघ, २०७८, २२:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९