कक्षा १२को परीक्षा वैशाख २१ बाट हुने

कक्षा १२को परीक्षा वैशाख २१ बाट हुने

वैशाख ११ का लागि तय भएको परिक्षा १० दिन पछि सारिएको हो


कक्षा १२को परीक्षा वैशाख २१ बाट हुने


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा बैशाख २१ गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्दैशनमा राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ बाट परीक्षा गर्ने निर्णय गरेको हो । निजामती कर्मचारी राखेर भए पनि परिक्षा सञ्चालन गर्ने निर्णय लिएको ६ घन्टामा नै आफ्नो निर्णयबाट पछि हटेको केही समय पछि बैशाख २१ गतेसम्मका लागि सारिएको हो । 
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार वैशाख ११ का लागि तय भएको परिक्षा स्थगित भएको जानकारी दिदैँ १० दिन पछि सारिएको हो । बिगत २१ दिन देखी आन्दोलनमा उत्रिएको शिक्षकहरूले परिक्षामा सामेल नहुने लिखित रूपमा जानकारी गराएको केही घन्टामा नै परिक्षा बोर्ड आफ्नो निर्णयवाट पछि हटेको हो ।
शिक्षक आन्दोलनको दबाब झेल्न नसकेर शिक्षामन्त्री विद्या भट्टराईले हिजोमात्र राजीनामा दिएको भोलीपल्ट सरकारले बाध्य भएर परिक्षा रोक्नु पर्ने अवस्थामा पुगेको हो ।

 


प्रकाशित मिति: मंगलबार, ९ बैशाख, २०८२, २१:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९