कोहलपुरमा नयाँ स्मार्ट सिटी

कोहलपुरमा नयाँ स्मार्ट सिटी


कोहलपुरमा नयाँ स्मार्ट सिटी


काठमाडौँ, । सुन्दा अचम्म लाग्न सक्छ तर नेपालमा यस्तो ठाउँ छ– जहाँ टिकटक बनाउँदा भइन्छ भाइरल । हजुर, त्यस्तो ठाउँ हो । कोहलपुरको स्मार्ट न्यू सिटी । कोहलपुर स्मार्ट न्यू सिटी होमल्याण्ड डेभलपर्सले ल्याएको अवधारणा हो । यो सिटी अहिले जतासुकै भाइरल भएको छ । युट्बुमा स्मार्ट सिटीको दृश्य समावेश गरिएका थुप्रै भिडियो देख्न सकिन्छ । 

यसको मुख्य कारण भनेको स्मार्ट न्यू सिटीको सुन्दरता हो । चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ । नेपालको मध्यपश्चिम क्षेत्रको विकासोन्मुख शहर कोहलपुरबाट कर्णालीतर्फ होमल्याण्ड डेभलपर्सले ल्याएको ५०० भन्दा बढी स्मार्ट घडेरी मासिक सरल किस्तामै उपलब्ध छन् । 

२०७७ को अन्त्यतिर कालोपत्रे गरेपछि स्मार्ट सिटी एकाएक आकर्षक देखिएको र टिकटक बनाउनेको भीड बढेको स्थानीयबासी बताउँछन । 
यो मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रको प्रमुख व्यापारिक क्षेत्रको रुपमा विकसित हुँदै गएको थलो हो । यस सिटीमा पानीको निकासको व्यवस्था गरिएको छ साथै कालोपत्रे, बिजुली बत्ती, खानेपानी, नगरबसपार्क, अस्पताल साथै प्रयाप्त खुल्ला क्षेत्र रहेको छ ।

स्मार्ट सिटीबाट नेपालगंजका लागि नगर बस आवतजावत गर्ने गर्दछ । 
नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त, वास्तुशास्त्र अनुसार डिजाइन गरिएको यस परियोजना २०% मूल्य भुक्तान गरी वार्षिक करिब ११% व्याजदरमा ५ वर्षे मासिक किस्तामा भुक्तान गर्न सकिन्छ । 


 


प्रकाशित मिति: आइतबार, ९ माघ, २०७८, ११:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९