३५४० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

३५४० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु


३५४० जनामा कोरोना संक्रमण,  ३२ जनाको मृत्यु

काठमाडौँ,  । पछिल्लो चौबिस घण्टामा देशभर ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ६ हजार ३५९जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १३ माघ यताको ४ दिनमा कोभिड = १९ को संक्रमणबाट ३२ जनाले ज्यान गुमाएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी १३ हजार १४५ वटा नमुना परीक्षण गर्दा ४९१ एन्टीजेन सहित कुल ३ हजार ५४० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयकी प्रवक्ता डा संगिता मिश्राले गत साताको तुलनामा यो साता संक्रमण दर ४ प्रतिशतले कमी भएपनि साताभरको संक्रमणदर ४० प्रतिशत माथिनै रहेको बताइन । उनले आजको संक्रमणदर भने ३० ं८ प्रतिशत रहेको उल्लेख गरिन ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, १६ माघ, २०७८, २१:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९