२४ लाख हराएको खोपका सम्बन्धमा छानविन गर्न समिति गठन

२४ लाख हराएको खोपका सम्बन्धमा छानविन गर्न समिति गठन


२४ लाख हराएको खोपका सम्बन्धमा छानविन गर्न समिति गठन

काठमाडौँ, । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरुस विरुद्धको खोपको सम्बन्धमा छानविन समिति गठन गरेको छ । अहिलेसम्म कति खोप आए र कति खोप लगाइएको भन्ने सम्बन्धमा अध्यावधिक गर्न मन्त्रालयका  प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो मन्त्रालयका प्रवक्ता डा. संगीता कौशलमिश्राले जानकारी दिइन् ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले आज मन्त्रीस्तरीय निर्णय गर्दै समिति बनाएका हुन् । उक्त समितिलाई दुई साता भित्र कोभिडविरुद्धको खोपको विवरण अध्यावधिक गरि प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।
उनले समितिले कोभिडविरुद्धको खोप सुरुको मिति देखि अहिले आएको, खोप लगाएको र मौज्दात रहेको सम्पूर्ण विवरणको अध्यावधिक गर्ने बताइन ।

उनले भनिन्, ‘गतवर्ष १४ माघ देखि कोभिडविरुद्धको खोप लगाउन सुरु गरियो, त्यस यता कति खोप आए, कति लगाइए,  कति खेर गए  सबै विवरण आउँछ ।’

दुई साता अघि संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बैठकमा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले २४ लाख खोप हराएको बताएका थिए । 


प्रकाशित मिति: आइतबार, १६ माघ, २०७८, २१:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९