यही माघ २१ गतेभित्र खोपको विवरण पठाउन निर्देशन

यही माघ २१ गतेभित्र खोपको विवरण पठाउन निर्देशन


यही माघ २१ गतेभित्र खोपको विवरण पठाउन निर्देशन

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको  कोरोना भाइरस विरुद्धको खोपको विवरण पठाउन आफू मातहतको निकायलाई निर्देशन दिएको छ । 

कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानविन समितिको आज बसेको बैठकले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, सातवटै प्रदेशको स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको समितिका संयोजक डा. गुणराज लोहनीले जानकारी दिए । 

समितिले यही माघ २१ गते दिउँसो ४ बजेभित्र सवै खोपको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । 
मन्त्रालयले खोपको एकिन तथ्याङ्क नभेटिएपछि हिजो मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो । 

 


प्रकाशित मिति: सोमबार, १७ माघ, २०७८, २२:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९