स्थानीय तह चुनावको मिति घोषणा गर्न उपत्यकाका एमाले जिल्ला अध्यक्षहरूको माग

स्थानीय तह चुनावको मिति घोषणा गर्न उपत्यकाका एमाले जिल्ला अध्यक्षहरूको माग


स्थानीय तह चुनावको मिति घोषणा गर्न उपत्यकाका एमाले जिल्ला अध्यक्षहरूको माग

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका एमाले अध्यक्षहरूको बैठकले आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट जननिर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिनु अगावै आगामी २०७९ वैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने कुरालाई आत्मसात् गर्दै यथाशक्य छिटो निर्वाचनको मिति घोषणा गर्न बैठकले माग गरेको हो ।

आज बसेको बैठकमा एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौला, ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य तथा भक्तपुरका अध्यक्ष बचन देउजा सहभागी थिए । सो बैठकले कुनै पनि बहानामा निर्वाचन सार्ने काम सरकारले गरे त्यो असंवैधानिक, गैरकानुनी र अराजनीतिक ठहर्ने निष्कर्ष निकालेको छ।


प्रकाशित मिति: सोमबार, १७ माघ, २०७८, २२:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९