मधेसी आयोगद्वारा प्रदेश प्रमुखलाई प्रतिवेदन पेश

मधेसी आयोगद्वारा प्रदेश प्रमुखलाई प्रतिवेदन पेश


मधेसी आयोगद्वारा प्रदेश प्रमुखलाई प्रतिवेदन पेश

काठमाडौँ । मधेसी आयोगले प्रदेश प्रमुख नं. १ का प्रमुख परशुराम खापुङलाई तेश्रो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश नं. १ को कार्यालय विराटनगरमा आयोगका सदस्यहरु जीवछ साह, रेणदेवी साह र विजयकुमार गुप्ताको उपस्थितिमा प्रतिवेदन बुझाएको हो । 

प्रतिवेदन बुझ्ने क्रममा प्रदेश प्रमुख कार्यालयका सचिव श्री तुलसीराम सेढाईले संविधानमा उल्लेख भएअनुसार प्रदेशलाई बुझाउने प्रतिवेदन प्रदेशस्तरीय हुनुपर्ने जिज्ञासा राखेका थिए । उक्त सुझाव सकरात्मक रहेको आयोगका सदस्य रिनादेवी साहले बताइन् । 

नेपालको संविधानको धारा २६२ ले गठन गरेको मधेसी आयोगले मधेसीको समस्या मधेसीको मात्रै नभएको कुरा प्रदेश प्रमुख परशुराम खापुङले बताए । राष्ट्रिय समस्या भएपनि कतिपय समस्याहरु फरक ढङ्गले अध्ययन नगरी समाधानको विन्दुमा नपुगिने भएकोले यस्ता मधेसीलगायत अन्य आयोगको गठन हुन पुगेको प्रदेश प्रमुखको भनाई थियो । 

प्रतिवेदन अनुसार मधेसी आयोगमा हालसम्म १९० वटा उजुरी परेका छन् । त्यसैगरी बाढिपहिरोले पु¥याएको क्षति, मधेसी समुदायमा देखिएको जातीय विभेद, धार्मिक तथा साम्प्रदायिक विवाद, नेपाल भारत सीमा उत्पन्न तनाबले मधेसी समुदायमा परेको प्रभावलगायतको अनुगमन तथा अध्ययन गरेको छ । 

आयोगले मधेसी समुदायको पहिचानको सम्बन्धमा अध्ययन गरी थर पनि सूचिकरण गरेको छ । थर सूचिकरणलाई अद्यावधिक बनाउन विश्वविद्यालय, केन्द्रीय तथ्याङ्क विभाग, संस्कृतिविद लगायतका विज्ञ तथा पदाधिकारीसँग अन्तक्रिया पनि गरेको छ । 

 


प्रकाशित मिति: बुधबार, १९ माघ, २०७८, १७:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९