एमालेले अन्तर्घातीलाई कारवाही गर्ने, अव जिल्ला कार्यालयमा आइटी विज्ञ

एमालेले अन्तर्घातीलाई कारवाही गर्ने, अव जिल्ला कार्यालयमा आइटी विज्ञ


एमालेले अन्तर्घातीलाई कारवाही गर्ने, अव जिल्ला कार्यालयमा आइटी विज्ञ

 
काठमाडौं । नेकपा एमालेले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा अनिवार्य एक जना सूचना प्रविधि विज्ञ नियुक्त गर्ने भएको छ ।

केन्द्रीय सचिवालयको आज बसेको बैठकले पार्टी सदस्यता अद्यावधिक गर्नका लागि आइटी विज्ञ नियुक्त गर्न सबै जिल्लालाई निर्देशन दिइएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

आगामी फागुन महिनाभित्र पार्टी सदस्यता वितरण गर्ने र पार्टी सदस्यता अद्यावधिक गर्ने कार्ययोजना एमालेले बनाएको छ ।

एमालेले पार्टी सदस्यता शूल्कको ४० प्रतिशत केन्द्रीय कार्यालय,२५ प्रतिशत प्रदेशमा र २५ प्रतिशत जिल्लामा राखेर १० प्रतिशत पालिका कमिटीमा राख्न समेत निर्देशन दिएको छ ।

यस्तै एमालेले हालै सम्पन्न भएको राष्ट्रियभसाको निर्वाचनमा अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

प्रचार विभाग प्रमुख  गुरुङले बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेश कमिटीलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको बताए ।


प्रकाशित मिति: बुधबार, १९ माघ, २०७८, १७:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९