सरकारलाई मुलुकको आर्थिक विकास र समृद्धिका एजेण्डासँग कुनै मतलब छैन : पोखरेल

सरकारलाई मुलुकको आर्थिक विकास र समृद्धिका एजेण्डासँग कुनै मतलब छैन : पोखरेल


सरकारलाई मुलुकको आर्थिक विकास र समृद्धिका एजेण्डासँग कुनै मतलब छैन : पोखरेल

काठमाडौं  । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारलाई मुलुकको आर्थिक विकास र समृद्धिका एजेण्डासँग कुनै मतलब नभएको आरोप लगाएका छन् ।

उनले संविधान, मूल्य मान्यता र परम्परागत अभ्यासविपरीत बनेको गठबन्धनले देशवासीको आर्थिक समृद्धि र विकासको सपना पूरा गर्नुको सट्टा देश विकास गर्नुपर्छ भन्ने सपनालाई मूर्छित पार्ने काम गरिरहेको बताए ।

प्रेस चौतारी नेपालको स्थापना दिवसको सन्दर्भमा आज आयोजित कार्यक्रममा बोल्दै नेता पोखरेलले सत्ता गठबन्धनको मूल उद्देश्य एमालेलाई समाप्त गर्ने भन्ने मात्रै भएको आरोप लगाए ।

‘यो गठबन्धन एकातिर छ, अर्कोतिर नेकपा एमाले उभिएको छ । श्रीमानले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गर्ने धृष्टता गर्दै छ,’ पोखरेलले भने,  ‘कानूननलाई उल्लघंन गर्ने धृष्टता गर्दै छ। यदि यो स्थानीय तहको निर्वाचन कानूनमा तोकिएको समय भित्रै भएन भने त्यसको विरुद्धमा देशव्यापी रुपमा जन परिचालन हुन्छ ।’

उनले चाँडै नै स्थानीय तहको निर्वाचनको घोषणा गर्न माग गरे ।

नेता पोखरेलले पत्रकारिताको पेसागत सीप, क्षमता, दक्षता र मर्यादा अनिवार्य भएको बताए । उनले आगामी दिनमा रचनात्मक कार्य गर्दै संगठनलाई अघि बढाउन समेत निर्देशन दिए ।


प्रकाशित मिति: शनिबार, २२ माघ, २०७८, १८:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९