यथास्थितिमा एमसीसी संसदमा टेबुल भए, राप्रपाले विपक्षमा मतदान गर्छ : महामन्त्री पाठक

यथास्थितिमा एमसीसी संसदमा टेबुल भए, राप्रपाले विपक्षमा मतदान गर्छ : महामन्त्री पाठक


यथास्थितिमा एमसीसी संसदमा टेबुल भए, राप्रपाले विपक्षमा मतदान गर्छ : महामन्त्री पाठक


काठमाडौं । राप्रपा महामन्त्री भुवन पाठकले यथास्थितिमा मिलिनेलिय च्यालेन्च कर्पोरेशन (एमसीसी) संसदमा टेबुल भए आफ्नो पार्टीले एमसीसीको पक्षमा मतदान नगर्ने बताएका छन् । 

उनले भने,‘यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन् । एमसीसी सम्झौतामा भएका केही दफा विवादित छन्, राष्ट्रिय अखण्डतामा प्रभावित पार्ने खालका छन् । त्यसैले यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन । र, यथास्थितिमा एमसीसीबारे संसद्मा मतदान भयो भने राप्रपाले विपक्षमा मतदान गर्छ ।’

उनले पार्टी कुनैपनि हालतमा नफुट्नेसमेत दाबी गरे । उनले भने ,‘निवर्तमान अध्यक्ष कमल थापाले केही माग राख्नुभएको छ । ती मागबारे पार्टीभित्र अनौपचारिक रुपमा छलफल जारी छ । हिजो बिहान निवर्तमान अध्यक्ष कमल थापा र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको छ । यो आईसब्रेक भएको छ । कसरी मिलेर जाने भन्ने विषयमा उहाँहरुबीच छलफल भएको छ । अब पार्टी विभाजन हुने सम्भावना छैन ।’

पाठकले अब पार्टी एकताबद्ध भएर स्थानीय तहको निर्वाचनमा जाने बताएका छन् । उनले भने,‘उहाँबीच संवाद प्रारम्भ भयो । पार्टीका सबै तह र तप्काका साथीहरुले पनि पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्ने पक्षमा र्छौं । अब हामीले स्थानीय तहको निर्वाचनको मिति घोषणा भयो भने पार्टीको अर्जुनदृष्टि निर्वाचनमा राख्छौं ।’

पाठकले वर्तमान पाँच दलीय गठबन्धनको सरकारको ६ महिना पूरा असफल भएको टिप्पणी गरेका छन् । उनले भने, ‘यो सरकारले ६ महिना पूरा गरेको छ। यो सरकारको विश्लेषण गर्दा हरेक पक्षमा यो सरकार असफल भएको छ । महँगी र भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल भएको छ । शान्ति सुरक्षा कायम गर्ने विषयमा पनि असफल भएको छ । मूल्यवृद्धि झण्डै ७ प्रतिशतदेखि कतिपय कुरामा १४–१५ प्रतिशतसम्म भएको छ । आर्थिक वृद्धि २ प्रतिशतभन्दा पनि घटेको छ। अहिले देशको आर्थिक अवस्था डरलाग्दो अवस्थामा छ ।’

उनले देश विदेशमा रहेका नेपाली श्रमिकले पठाएको रेमिट्यान्सबाट धानिरहेको अवस्था सुनाए । उनले भने,‘अहिले त्यो पनि क्रमशः घटिरहेको छ। रेमिट्यान्स बैंकिङ च्यानलबाट आएको छैन् । सरकारले अहिलेको समस्या समाधानको लागि पहल गरेको छैन, बास्तवमा सरकार र अर्थमन्त्रीले यसको लागि प्रयास गरेको देखिएको छैन ।’

 


प्रकाशित मिति: आइतबार, २३ माघ, २०७८, १७:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९