काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि स्थनीय तहको निर्वाचनका बिषयमा पार्टीका केन्द्र र प्रदेशका नेताहरुलाई भर्चुअल सम्बोधन गर्ने भएका छन् ।
प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पार्टीले आयोजना गर्न लागेको स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको तयारी स्वरुप
भोलिको कार्यक्रम हुन लागेको हो । पार्टी मुख्यालय थापाथलीबाट दिउँसो एक बजे अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भुर्चअल बैठकमा केन्द्रीय कमिटीका पदाधिकारी,सदस्यहरु,प्रदेश कमिटीका पदाधिकारी,संघीय र प्रदेश सभासदस्यहरु र जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणका लागि तोकिएका सहभागी हुने छन् । यस्तै सम्बोधनपछि पार्टी प्रवेशको कार्यक्रम रहेको केन्द्रीय सदस्य रिजालले बताए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९