राणाविरुद्धका महाअभियोग प्रस्तावको एमालेले प्रतिवाद गर्ने

राणाविरुद्धका महाअभियोग प्रस्तावको एमालेले प्रतिवाद गर्ने


राणाविरुद्धका महाअभियोग प्रस्तावको एमालेले प्रतिवाद गर्ने

काठमाडौँ । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने भएको छ । 

आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास वालबोटमा बसेको  सचिवालय बैठकले महाभियोग लोकतन्त्रमाथि प्रहार र गणतन्त्रमाथि कमजोर बनाउने षड्यन्त्र भएको निष्कर्ष निकाल्दै यस्तो प्रवृतिको प्रतिवाद गर्ने निर्णय गरेको बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले सचिवालयको निर्णय अनुसार सोमबार बस्ने संसदीय दलको बैठकमार्फत थप निर्णय गरेर संसदीय अभ्यासमार्फत प्रतिवाद गर्ने बताए । आजै सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले २१ आरोप लगाउँदै  प्रधानन्यायधीश  राणालाई व्यवस्थापिका संसदको सचिवालयमा  महाभियोग प्रस्ताव दर्ता गरेको छ । 


प्रकाशित मिति: आइतबार, १ फागुन, २०७८, २१:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९