एमसीसीबारे निर्णय गर्न सत्तारुढ दलको बैठक

एमसीसीबारे निर्णय गर्न सत्तारुढ दलको बैठक


 एमसीसीबारे निर्णय गर्न सत्तारुढ दलको बैठक

काठमाडौँ । मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी)बारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको  बालुवाटारमा बसेको बैठकमा एमसीसी सम्झौताको विषय छलफल भइरहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा पेश गर्ने अडान लिएपछि गठबन्धनमा संकट उत्पन्न भएको हो । कांग्रेसले एमसीसी संसदमा लैजाने पक्षमा छ भने माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी एमसीसी पारित गर्न नहुने पक्षमा छन् । राष्ट्रिय जनमोर्चा नेपाल एमसीसी खारेज गर्ने पक्षमा रहेको छ ।

भोलिबस्ने संसदको बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी रहेको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागि रहेका छन् । 


प्रकाशित मिति: बिहिबार, ५ फागुन, २०७८, १९:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९