काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेको प्राथमिकता सरकार होइन चुनाव भएको बताएका छन्।
सचिव भट्टराईले भने, ‘यतिखेर सरकार नेकपा एमालेको प्राथमिकता होइन । आगामी वैशाख ३० गतेको चुनाव र आउने संघ र प्रदेशको चुनाव एमालेको प्राथमिकता हो । एमालेको प्राथमिकता सत्ता गठबन्धन होइन, प्रधानमन्त्री, मन्त्री होइन । यो गठबन्धन जे उद्देश्यले बनेको थियो, यसको जग बलियो थिएन । यसमा पर्याप्त मात्रामा क्रंक्रिट र सिमेन्ट थिएन । रडहरु मिलाएको थिएन । रसायन मिलेको थिएन । त्यसकारण यो टुट्नु त अनिवार्य छ । यो त एकदमै अप्राकृतिक ढंगले मात्रै जोडिएको हो यो टुट्नु अनिवार्य छ । टुटेपछि संविधानले जे व्याख्या गरेको छ, सर्वोच्च अदालतका न्यायाधीशहरुले जे व्याख्या गर्नुभएको छ, त्यो व्याख्यामा जान्छ ।’
गठबन्धन अप्राकृतिक रुपमा जोडिएको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको उनको भनाइ छ । गठबन्धन टुटेको खण्डमा नेपालको संविधानको धारा ७६ प्रभावित हुने भएकाले सो धारा अनुसार एमालेको भूमिका कहाँ हुन्छ सोही अनुसार भूमिका निर्वाह गर्ने बताए ।
सचिव भट्टराईले एमसीसीको सम्बन्धमा एमालेले धारणा बनाउनुअघि एमालेले उठाइरहेको मागको सम्बोधन हुनुपर्ने बताए। एमालेको माग अनुसार १४ जना सांसदहरुलाई कारबाही हुनुपर्ने उहाँले बताए । सचिव भट्टराईले एमालेको प्राथमिकता सत्ता गठबन्धन नभई आगामी तीनवटै तहको निर्वाचन भएको उल्लेख गरेका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९