संसद भंग गरेर अर्ली इलेक्सन जाऔँ : नेपाल

संसद भंग गरेर अर्ली इलेक्सन जाऔँ : नेपाल


संसद भंग गरेर अर्ली इलेक्सन जाऔँ : नेपाल


काठमाडौं  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर तीनै तहको निर्वाचनमा जानुपर्ने बताएका छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारसंगको कुराकानीमा उनले संसद विघटन गरेर अर्ली इलेक्सनमा जानुपर्ने बताएका हुन् । उनले संसद विघटन गर्ने र तीनै तहको निर्वाचन एक साथ गर्नेबारेमा छलफल समेत भइरहेको बताए ।   

‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, हामीलाई पनि हैरान पार्ने’ उनले भने ‘संसद नै सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । चुनावमा जान्छ ।’

२३ भदौदेखि नेकपा एमालेले संसद बैठकमा निरन्तर अवरोध गर्दै आएको छ । माधव नेपालसहितका १४ सांसदलाई पार्टीले निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको विषय उठाएर एमालेले संसद अवरोध गरिरहेको छ ।

केही दिनअघि सत्तारुढ गठबन्धनको बैठकमा पनि संसद विघटन गरेर अर्लि इलेक्सनमा जाने विषयमा छलफल भएको थियो ।


प्रकाशित मिति: आइतबार, २२ फागुन, २०७८, १६:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९