स्थानीय तहको निर्वाचनका लागि एमालेले बनायो मापदण्ड

स्थानीय तहको निर्वाचनका लागि एमालेले बनायो मापदण्ड


स्थानीय तहको निर्वाचनका लागि एमालेले बनायो मापदण्ड

काठमाडौँ ।  नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले आगाममी स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गरेको छ ।

आज भक्तपुरमा  बसेको केन्द्रीय सचिवालयको बैठकले उम्मदेवार सिफारिसको मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

एमालेले वडाध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने मापदण्ड बनाएको छ ।

एमालेले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टिकट केन्द्रबाट दिइने र त्यसको सिफारिस जिल्ला र प्रदेश कमिटीले गर्ने मापदण्ड बनाएको छ । 
यस्तै नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने भएको छ ।

 

  


प्रकाशित मिति: मंगलबार, १ चैत, २०७८, २१:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९