संसद अधिवेशन अन्त्य

संसद अधिवेशन अन्त्य


संसद अधिवेशन अन्त्य

काठमाडौँ ।  सरकारले संघीय संसदको अधिवेशन अन्त्य गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसमा  राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी हुन् । 

राष्ट्रपतिले संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को अधिवेशन अन्त्य गरेकी हुन्। संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसदको यो अधिवेशनमा प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेको थियो ।


प्रकाशित मिति: मंगलबार, १ चैत, २०७८, २१:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९