काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पदबाट राजीनामा दिएर मात्रै जनप्रतिनिधिका लागि उम्मेदवारी दिन पाउने आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिता, २०७८ को दफा ३६ तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले चैत १३ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेका हुन् । अन्तरिम आदेश जारी गर्नु पर्ने कि नपर्ने भन्ने सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई चैत १३ गते बोलाउने गरी पेसी तोक्न आदेश गरेका छन् । दुवै पक्षलाई बोलाएर छलफल गरेपछि अन्तरिम आदेश जारी गर्नु पर्ने कि नपर्ने वा अल्पकालीन अन्तरिम आदेशको खारेजी हुने कि नहुने भन्ने सम्बन्धमा सर्वोच्चले निर्णय गर्नेछ ।
निर्वाचन आयोगले जनप्रतिनिधिहरूले आगामी निर्वाचनमा भाग लिँदा आफू कार्यरत पदबाट राजीनामा दिएर मात्रै भाग लिन पाउने गरी निर्वाचन आचारसंहिता जारी गरेपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९