आयोगले कल सेन्टर स्थापना गर्ने, ११०२ नम्बरमा फोन गर्न सकिने

आयोगले कल सेन्टर स्थापना गर्ने, ११०२ नम्बरमा फोन गर्न सकिने


आयोगले कल सेन्टर स्थापना गर्ने, ११०२ नम्बरमा फोन गर्न सकिने


काठमाडौं । निर्वाचन आयोगले कल सेन्टर स्थापना गर्ने भएको छ ।

आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनबारे जानकारी दिने उद्धेश्यले आयोगले ११०२ नम्बर खुला गर्ने तयारी गरेको हो ।

कल सेन्टर स्थापनाका लागि काम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँले सोही नम्बरमा फोन गरेर आगामी चुनावका बारेमा कुनै जिज्ञासा, प्रश्न सोध्न सकिने बताउनु भयो । कल सेन्टरमा ६ वटा डेस्क राखिने र एकैपटक १५ वटा फोन उठाउन सकिने ब्यवस्था गर्न लागिएको छ ।

कल सेन्टरको नम्बरमा फोन गरेर मतदाता तथा राजनीतिक दलका नेतारकार्यकर्ताले सूचना जानकारी लिन सक्ने तथा आचारसंहिता उल्लंघनका घटनामा उजुरी दिन सक्ने आयोगले जानकारी दिएको छ ।  


प्रकाशित मिति: मंगलबार, ८ चैत, २०७८, २१:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९