काठमाडौं । नेपाली चलचित्रकी अभिनेत्र करिष्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गर्ने भनेपछि कार्यक्रमस्थल कार्की पार्टी प्यालेसमा मानिसहरुको चहलपहल अरु दिनभन्दा फरक थियो ।
चर्चित नायिका नै एमालेमा प्रवेश गर्ने भनेपछि उनको आवगमन कस्तो हुने कसरी भाषण गर्लिन भनेर नेता तथा कार्यकर्तामा कौतुहल रहेको थियो । पार्टी प्रवेश गर्दा उनी रातो साडीमा उपस्थित भएकी थिइन ।
उनीसंगै पुराना कम्युनिष्ट नेता तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमवहादुर सिंह प्रवेश गरे पनि आकर्षणको केन्दविन्दु भने करिष्मा नै रहेकी थिइन । निर्धारित समयमा नै कार्यक्रम स्थल पुगेकी करिष्मा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि उनी एक हलमा बसेकी थिइन ।
उनी बसेको कोठमा पत्रकारदेखि एमाले नेता तथा कार्यकर्ताको उनलाई हेर्नमा भीड नै लागेको थियो । उनीसंग फोटो खिचाउन पनि धेरै नै थिए ।
पार्टी प्रवेश गर्दा अध्यक्ष ओलीले खादा र महासचिव शंकर पोखरेल टीका लगाइदिएका थिए ।
उनले भाषणका क्रममा एमाले अध्यक्ष ओलीसंग प्रभावित भएर नै पार्टी प्रवेश गरेको बताइन् । उनले एमालेले मुलुकको परिवर्तन र समृद्धिको एजेन्डा बोकेको पार्टी भएको र आफू देशको विभिन्न भागमा पुग्दा एमाले नै मुलुक हाँक्ने पार्टी पाएको बताइन ।
यस्तै सिंहले आफू पुरानै घरमा फर्किको बताए । उनले एमालेबाट अलग भएपनि आफूले एमालेलाई क्षति पुर्याउने काम नगरेको बताए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९