ओली र प्रचण्डसंग चिनियाँ विदेशमन्त्री वाङ यीको भेटवार्ता

ओली र प्रचण्डसंग चिनियाँ विदेशमन्त्री वाङ यीको भेटवार्ता


ओली र प्रचण्डसंग चिनियाँ विदेशमन्त्री वाङ यीको भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। उनीहरूबीच होटल मेरियटमा भेटवार्ता भएको हो।

भेटवार्तामा एमाले उपाध्यक्ष वरिष्ठ ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विदेश मामिला प्रमुख राजन भट्टराईलगायत नेताहरू पनि सहभागी छन्। 
एमाले अध्यक्ष ओलीलाई भेटेपछि  चिनियाँ विदेशमन्त्रीले  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता भएको छ  ।

शुक्रबार नेपाल आएका  विदेशमन्त्री आजै अपरान्ह ३ बजे स्वदेश फर्कने छन् । नेपालमा कम्युनिष्ट पार्टी फुटेको वेला चिनियाँ विदेशमन्त्री वाङ यीले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंगको भेटवार्तालाई अर्थपूर्ण लिइएको छ । 


प्रकाशित मिति: आइतबार, १३ चैत, २०७८, १२:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९