काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर प्रश्न गरेका छन् ।
आज अनेरास्ववियुको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावका बेला प्रधानमन्त्री किन विदेश भ्रमणमा गएको भनेर प्रश्न गरे । अध्यक्ष ओली भने, ‘प्रधानमन्त्री देउवाजी भारत भ्रमण जानुभएछ, ठ्याक्कै चुनाव अगाडि किन जानुभएछ ? यतिबेलै किन जानुभयो ?’
अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई ऐंजेरुको संज्ञा पनि दिएका छन। उनले विद्यार्थीहरुको मुल संगठन अनेरास्ववियू रहेको बताए ।
उनले एमालेलाई पहिला माधव नेपालहरुले हार्ने बानी लगाएको भन्दै आफुले जित्ने एमाले बनाएर युवाहरुलाई हस्तान्तरण गर्ने पनि बताए । आफुले पहिला पनि माओवादीको गलत नीतिको विरोध गरेको भन्दै उनले प्रचण्डपथ भनेको के रहेछ ? भन्दै प्रश्न गरे । उनले एमालेले सामाजिक जागरणका रुपमा वैज्ञानिक चेत फैलाउने दावी समेत गरे ।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन हराएर जाने भन्दै एमाले क्विन्टलको ढक र पाँच दल ५ किलोको ढक भएको पनि बताए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९