गठबन्धन सरकार एमालेले ढाल्नुपर्दैन, आफै ढल्छ : ओली

गठबन्धन सरकार एमालेले ढाल्नुपर्दैन, आफै ढल्छ : ओली


गठबन्धन सरकार एमालेले ढाल्नुपर्दैन, आफै ढल्छ : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई बुर्जुवाहरूको गठबन्धनको भएको बताएका छन् । 

नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनलाई प्रज्ञा भवन कमलादीमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकार आफै ढल्ने र  एमालेले नढाल्ने समेत बताए । 
एमालेले सबैको सुख र सबैको न्याय चाहने बताउँदै गठबन्धनवालाहरू आफ्नो सुख र आफूले भनेजस्तो मात्र खोज्ने काममा रहेको बताए ।

ओलीले भने, ‘उनीहरू र हामीबिचको फरक नै यही हो हामी सर्वेभवन्तु सुखिन भन्छौ उनीहरू आफूहरूको स्वार्थ मात्र सोच्छन् र त्यसका लागि जे पनि गर्छन् । हामी शोषणकारी प्रणाली हैन न्यायोचित प्रणाली भन्छौ उनीहरू आफ्नो स्वार्थ बाहेक अरू केही सोच्न सक्दैनन् ।’

अध्यक्ष ओलीले एमाले प्रतिकुल र अप्ठ्यारो समयमा पनि स्वाभिमानपूर्वक विकासको बाटोमा देशलाई कसरी हिँडाउने, विकास के हो भनेर जनतालाई चिनाउने, स्वाभिमान के हो भनेर विश्वलाई चिनाउने काम गर्न सकेको भन्दै अब एमालेलाई कसैले गाल्न नसक्ने बताए।

अध्यक्ष ओली भने, ‘अब हामीलाई किन्न सक्ने कुनै मूल्य, पद र प्रतिष्ठा छैन । हामीलाई हाम्रो आदर्शबाट हामीलाई कसैले डग्बगाउन सक्दैनन् । हामीले जस्तासुकै दुःख र कठिनाइ पार गरेका छौँ । कठिनाइका दिन हामीले खुसामद गरेर अनुकूलतामा बदलेको हैन सङ्घर्ष गरेको हो । पार्टीभित्र र अन्तर्राष्ट्रिय स्तरमा पनि हामी माथि किचगंल र दबाब दिँदा पनि हामीले देश विकास, देशको स्वाभिमान र देश बनाउने अठोटलाई कमी हुन दिएनौ । त्यो बेला पनि काम गर्न आफ्नैले कहाँ दिएका हुन् र ? एकातिर प्रचण्ड, अर्कोतिर माधव नेपाल अनि अर्कोतिर झलनाथ । देश विकासको कुरा गर्नासाथ देशभन्दा पहिले मेरो कुरा गर्नुछ यहाँ भनेर एउटा दुई घण्टा कराउँछ । अनि अर्कोले मैले के पाउँछु भनेर दुई घण्टा कराउँछ । यस्तो अवरोधका बीच पनि कसरी विकासको काम अघि बढाइयो होला ?’

बाँसबारी छाला, जुत्ता, सिमेन्ट कारखाना, इँटा उद्योग खाँनेहरुले आफूहरूलाई सोधेको भन्दै ओलीले जसले उद्योग खाए उसैले आज प्रश्न गरेकोमा आश्चर्य व्यक्त गरे। उनीहरूको काम भनेकै बेचेर खानु, विकासलाई रोक्नु हो, आज अस्पताल, बाटो घाटा सब योजना रोक्दै छन्, उनीहरूले यसका लागि कसम खाएका बताए  । 

उनले भने ‘हाम्रा मित्रहरु शिल्यान्याश गर्दा विरोध गर्छन् र उद्घाटन गर्दा दंग पर्दछन् ।’
ओलीले नेपालीको आवश्यकता अनुसार नेपालमा नै सामान उत्पादन हुनुपर्ने बताए । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।


प्रकाशित मिति: बुधबार, २३ चैत, २०७८, १६:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९