काठमाडौं । सत्तारुढ दलहरुको निर्वाचन तयारी तथा अनुगमन समितिले चुनावी तालमेलबारे २६ चैतसम्म निर्णय दिन जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा आज बसेको समितिको पहिलो बैठकले २६ गतेभित्र जिल्लाको स्थिति र कसरी जाने भनेर निर्णय गरेर साझा रुपमा पठाउने निर्देशन दिएको हो । सत्तारुढ दलले जिल्लामा तालमेल गर्नेबारे जिल्ला संयन्त्र निर्माण गरेको छ ।
बैठकमा चुनावी तालमेल गरेर २२ गतेसम्म वस्तुस्थिति मुल्यांकन गर्न भनेअनुसार काम भए नभएको समीक्षा भएको छ ।
समितिमा कांग्रेसवाट वरिष्ठ नेता पौडेल सहित महामन्त्री गगन थापा, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी छन् ।
समितिलाई स्थानिय पालिका स्तरमा भएका चुनावी तालमेलहरुको अनुगमन गर्ने र निर्वाचनसम्वन्धी थप रणनीति बनाई परिचालनको काम गर्ने गरी कार्यादेश तोकिएको छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुन थालेको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९