राष्ट्रिय स्वास्थ्यकर्मी संघको भोलिदेखि चौथो राष्ट्रिय महाधिवेशन

राष्ट्रिय स्वास्थ्यकर्मी संघको भोलिदेखि चौथो राष्ट्रिय महाधिवेशन


राष्ट्रिय स्वास्थ्यकर्मी संघको भोलिदेखि चौथो राष्ट्रिय महाधिवेशन

काठमाडौँ,  ।   राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन भोलिबाट  सुरु हुँदै छ ।

महाधिवेशनको तयारीबारे जानकारी दिन आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष रामबहादुर चन्दले सम्पूर्ण तयारी पुरा भएको बताए । नेकपा एमालेको जनवर्गीय संगठनको रुपमा स्थापित संघलाई यो महाधिवेशनबाट विधान संसोधन गरि महासंघमा रुपान्तरण गर्ने उनले जानकारी दिए ।

काठमाडौँको कमलादीमा हुन थालेको महाधिवेशनले चार बर्षका लागि  १७ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटि बन्ने छ ।  

महाधिवेशनको नेकपा (एमाले)का अध्यक्ष केपी शर्म ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

संघका महासचिव डा झलक शर्मा गौतमले ७० वटा भन्दा बढी जिल्ला स्तर र सातै प्रदेश र ६ वटा विषयगत घटकका समितिहरुरको अधिवेशन सम्पन्न भईसकेको भन्दै महाधिवेशनका लागि ७०० बढी प्रतिनिधिहरुको सहभागीता हुने बताए । 


प्रकाशित मिति: बिहिबार, २४ चैत, २०७८, २१:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९