निर्वाचन आयोग सत्तापक्षबाट चल्यो : अध्यक्ष ओली

निर्वाचन आयोग सत्तापक्षबाट चल्यो : अध्यक्ष ओली


निर्वाचन आयोग सत्तापक्षबाट चल्यो : अध्यक्ष ओली


काठमाडौ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्माओलीले निर्वाचन आयोगको भूमिका निष्पक्ष हुनपर्ने बताएका छन् । 

एमालेले आज उहाँ आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले निर्वाचन आयोग सत्तापक्षबाट नचल्न समेत आग्रह गरे । 

“निर्वाचन आयोग निष्पक्ष भएर भूमिका खेल्नोहोस् । दलहरुको सुझावमा चल्नुहोस् । सत्ता पक्षको आदेशमा नचल्नुहोस्। आयोग सत्तापक्षको हितको लागि काम गर्ने होइन । निष्पक्ष भएर काम गर्ने हो,” उनले भने, “निष्पक्ष निर्वाच आयोग सन्देश रहित आयोग हेर्न चाहान्छौ ।” 

अध्यक्ष ओलीले सवैले मिलेर सवै प्रकारका षडयन्त्रलाई पराजित गरेर देशलाई एउटा स्वस्थ्य पारदर्शिता र भ्रष्टचारनिमूल पार्दै स्थानीय तहलाई सवल बनाउन लाग्नुपर्ने धारणा राखे । 

उनले आयोगले जारी गरेको आचारसहिंता कडाईका साथ पालना गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरे । 
“आचारसहिंताको कहि कमि कमजोरी नरहेन गरी गतिशिल ढंगले पालना गर्न आग्रह गर्दछु, ” उनले भने, “ हाम्रो पार्टी कानूनी राजको पालना गर्ने पार्टी हो । तर जे गरे पनि वोल्न नसक्ने भने पार्टी भने होइन ।”

उनले राजनीतिक दलसंग परामर्श नगरिकन निर्वाचन आयोगले आचारसहिंता लागु गरेको असन्तुष्टि व्यक्त गरे । “निर्वाचन आचारसहिंता सवैले मान्नुपर्दछ,” उनले भने,

“आचारसहिंता लगाउने कुरा सत्तापक्षसंग मात्र नभई प्रतिपक्षसंग पनि सल्लाह गर्नुपर्दछ । आचारसहिंता लागु गर्ने बिषयमा हामीसंग निर्वाचन आयोगले सल्लाह पनि गरेन ।”
पूर्व प्रधामन्त्री ओलीले निर्वाचन आयोगले आचारसहिंता जारि गर्दा कारवाहीको डण्डा देखाएर जारी गरेको भनाई राखे  । 

“आचारसहिंता मान्ने किसिमको उपयुक्त ढंगले निर्माण हुनुपर्दछ र सवैको लागि कार्यन्वयन गर्ने खालको हुनुपर्दछ” उनले भने ।
एउटा पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गर्ने  सामान्य कुरा मात्र होइन  देशलाई सुशासन लैजाने, विकासको लहर अगाडि बढाउने र देशलाई  समृद्धि नेपाली र सुखी नेपालीको आकाक्षा सफल बनाउने अभियानमा सरिक हुने बिषय रहेको उनको भनाई रहेको छ । 

उनले अहिले राजनीतिक प्रतिस्पर्धा अस्वस्थ्य रहेको भनाई रहेको थियो ।
अर्थतन्त्र जोगाउने प्रयास गरेका नेपाल राष्ट्र बैंकका गर्भनरलाई कारवाही गर्नु अनुचित रहेको उहाँले धारणा राखे । 

 

 


प्रकाशित मिति: शनिबार, २६ चैत, २०७८, २१:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९