आजदेखि आठौ स्वास्थ्य वैज्ञानिक सम्मेलन

आजदेखि आठौ स्वास्थ्य वैज्ञानिक सम्मेलन


 आजदेखि आठौ स्वास्थ्य वैज्ञानिक सम्मेलन


काठमाडौँ, । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यहि आजदेखि आठौँ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन गर्ने भएको छ । 

‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्र्धन ः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन  आयोजना गर्न लागेको हो  ।
स्वास्थ्य अनुसन्धानकर्ताहरु, जनस्वास्थ्यविद्, जनसङ्ख्याविद्, नीति निर्माणकर्तालाई एकै ठाउँमा ल्याई नीति निर्माण गर्न तथा दिन प्रतिदिन बढ्दै गएका जनस्वास्थ्यका सवालको अन्तर विषयात्मक अनुसन्धानका निश्कर्ष सम्बोधन गर्ने अभ्यासमा टेवा पु¥याउन सम्मेलन आयोजना गरिएको कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले जानकारी दिए । 

सम्मेलनका लागि स्वास्थ्य प्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड –१९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एंवम् विश्वव्यापी स्वास्थ्य, बायोमेडिकल र ट्रान्सलेसन अनुसन्धान लगायत विषयमा अनुसन्धानकर्ताले आफ्नो खोज तथा अनुसन्धानका बारेमा १५३ वटा अनुसन्धान मूलक कार्यपत्र प्रस्तुत गरिने छ । 

तीन दिनसम्म संचालन हुने सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तराष्ट्रिय विज्ञहरुलाई आमन्त्रित प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको छ  ।   

सम्मेलनको पहिलो दिन पूर्व–सम्मेलन गरिनेछ । जसमा संघीय संरचनामा स्वास्थ्य प्रणालीको सुदुढीकरण र कोभिड–१९, यस अन्तर्गत दृढ  प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगहरुको भार, प्रादेशिक तथा स्थानिय स्वास्थ्य सेवा, शासन र नेतृत्वको अवस्था ः अवसर र चुनौती तथा कोभिड महामारीका सिकाईहरु, सहकार्य र सञ्जालद्वारा अनुसन्धानको प्रवद्र्धनका साथै अन्य विषयमा आमन्त्रित विज्ञहरुको गहन छलफल र प्रस्तुतीकरण रहनेछ ।

प्रस्तुतीकरण मध्येबाट एक एक जनालाई उत्कृष्ट प्रस्तुतीकरण र उत्कृष्ट पोष्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिने छ । यस्तै बायोमेडिकल जनरलमा विगत पाँच वर्षमा सबै भन्दा बढी आर्टिकल प्रकाशित गर्ने एक जना नेपाली अनुसन्धानकर्तालाई उत्कृष्ट कृति पुरस्कार प्रदान गरिनेछ । 

साथै, उत्कृष्ट स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार साथै स्वास्थ्य क्षेत्रमा वैज्ञानिक अनुसन्धान वा यसको कार्यान्वयन वा महत्वपूर्ण आविष्कारमा महत्वपूर्ण योगदान पु¥याउनु भएका ६० वर्ष पुगेका नेपाली वैज्ञानिकलाई स्वास्थ्य अनुसन्धान लाईफ टाईम एचिभमेन्ड अवार्डद्वारा सम्मानित गरिने छ । परिषद्ले हरेक बर्ष स्वास्थ्य वैज्ञानिक सम्मेलन गर्दै आइरहेको छ । 


प्रकाशित मिति: आइतबार, २७ चैत, २०७८, १२:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९