काठमाडौँ, । नेकपा (एकीकृत समाजवादी)ले पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
आइतबार बसेको पार्टी सचिवालयको बैठकले अध्यक्ष नेपालको संयोजकत्वमा एक हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको हो ।
समितिमा केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी तथा सदस्यहरू, ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय परिषद् सदस्यहरू, प्रदेशका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू र जनसंगठनका केन्द्रीय पदाधिकारीहरू रहने छन् ।
यस्तै महासचिव वेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन सचिवालय बनाइएको छ । सचिवालयमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री रहेका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९