एमालेबाट बेलौरी नगरपालिकाको प्रमुखमा कमला वोहराको नाम सिफारिस

एमालेबाट बेलौरी नगरपालिकाको प्रमुखमा कमला वोहराको नाम सिफारिस


एमालेबाट बेलौरी नगरपालिकाको प्रमुखमा कमला वोहराको नाम सिफारिस

काठमाडौँ, । नेकपा (एमाले)ले कञ्चनपुरको वेलौरी नगरपालिकाको प्रमुखमा कमला वोहराको नाम सिफारिस गरेको छ । 

एमालेको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बेलौरी नगरपालिकाको प्रमुखमा युवा नेतृ वोहराको नाम  सिफारिस गरेको हो । उनीसंगै अन्य आठ जनाको नाम समेत सिफारिस गरिएको छ । विद्यार्थी राजनीतिकदेखि सक्रिय उनी अहिले एमालेका केन्द्रीय सदस्य समेत हुन् । वोहरा जनता वहुमुखी क्याम्पसको स्ववियु सभापति समेत हुन् । 

अनेरास्ववियुको सचिवालय सदस्य, एमाले प्रदेश कमिटी सदस्य हुँदै उनी अहिले एमालेको केन्द्रीय सदस्य रहेकी छन् । यसअघि उनी कञ्चनपुरको भूमि समस्या समाधान आयोगको अध्यक्ष रहेकी थिइन ।  

स्थानीय परिवेशमा घुलमिल समेत भएकी त्यसक्षेत्रकी उदाउँदो युवा नेतृ रुपमा रहेकी कमला वोहराको पक्षमा सवै नेता तथा कार्यकर्ता रहेका छन् । 


प्रकाशित मिति: आइतबार, २७ चैत, २०७८, २१:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९