काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने बताएका छन् ।
एमाले महालक्ष्मी नगर कमिटीले आज ललितपुरको सिद्धिपुरमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान(प्रदान कार्यक्रममा उहाँले एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको बताए ।
वि।सं। २०५१ मा २०७२ को राजनीतिक परिवर्तन पछि सरकारको नेतृत्व गर्दा एमालेले विकासका काम गरेर नागरिकको मन जितेको उनले बताए । उनले भने, “अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको आकाङ्क्षा पूरा हुनसक्छ ।”
एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको पूर्वप्रधानमन्त्री ओलीले बताए । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको उनले बताए । शारीरिक अपाङ्गता भएका व्यक्ति, अशक्त, एकल महिलालगायतका बर्गले एमालेलाई नै रुचाएको उनले बताए ।
आफूले सरकारको नेतृत्व गर्दा तुइन विस्थापित गरेर त्यस ठाउँमा झोलुङ्गे पुल निर्माणलाई अघि बढाएको अध्यक्ष ओलीले बताए । आफूले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा देशभरका धेरै सडक चौडा बनाएको उनको भनाई रहेको छ।
ललितपुर विगतदेखि नै बामपन्थीको पकड रहेको उनले उल्लेख गरे । एमाले पोटिब्युरो सदस्य महेश बस्नेतले ललितपुर जिल्लाका सबै स्थानीय तहमा पार्टीलाई विजयी गराउन पार्टी नेतृत्व एकजुट भएर लाग्नुपर्ने बताए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९