सत्तारुढ दलले वडादेखि नै तालमेल गर्ने, यस्ता छन् तालमेलका आधार

सत्तारुढ दलले वडादेखि नै तालमेल गर्ने, यस्ता छन् तालमेलका आधार


 सत्तारुढ दलले वडादेखि नै तालमेल गर्ने, यस्ता छन् तालमेलका आधार

काठमाडौं । सत्तारुढ पाँच दलले  आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वडादेखि नै तालमेल गर्ने निर्णय गरेको छ ।  आज बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनले तालमेलको आधार समेत पारेको छ । 

गठबन्धनले महानगर र उपमहानगरपालिका मेयर तथा उपमेयरको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनेको केन्द्रीय संयन्त्रले गर्ने निर्णय गरेको संचारमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले जानकारी दिए ।

गठबन्धनले बैशाख ५ गतेभित्र जिल्लास्तरमा गठबन्धनको खाँका सहितको निर्णय केन्द्रमा पठाउन निर्देशन दिएको छ । 

बैठकले  नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरि वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने निर्देशन दिएको छ । 

यस्तै सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने निर्णय गरेको छ । 

सिट वाँडफाँड प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुई दुई जना प्रतिनिधि रहने व्यवस्था गरेको छ ।

यसैगरी प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन आ आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने, सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने छन् । 

यसैगरी गठबन्धनले २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने भएको संचारमन्त्री कार्कीले बताए ।

गठबन्धनमा आबद्ध दलका उम्मेदवारले पालिका र वडामा प्राप्त मतको मत भार मान्ने, २०७४ स्थानीय निर्वाचनमा विजय प्राप्त नगरेको भए पनि स्थानीय तहमा उपस्थित रहेका दललाई पनि तालमेलमा सहभागी गराउने निर्णय समेत गरेको छ । 

उनका अनुसार गठबन्धनले दलले  २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने र अन्य दलका उम्मेदवारले पाएको मत भरलाई पनि आधार मान्ने भएको छ । 

सत्तारुढ दलले गठबन्धनभित्र मात्र चुनावी तालमेल गर्ने, गठबन्धनबाहिर चुनावी तालमेल गर्न नपाइने निर्णय गरेको छ । पाँच दलले गठबन्धन गरे एमालेलाई स्थानीय तहको निर्वाचनमा जित्न सकस हुने बताइएको छ । एमाले पनि साना दल राप्रपा, लोकतान्त्रिक समाजवादी लगायत दलसंग गठबन्धन गर्ने तयारी गरेको छ । 


प्रकाशित मिति: मंगलबार, २९ चैत, २०७८, २१:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९