एमालेले राप्रपा नेपाल र परिवार दलसंग तालमेल गर्ने (सहमति पत्रसहित)

एमालेले राप्रपा नेपाल र परिवार दलसंग तालमेल गर्ने (सहमति पत्रसहित)


एमालेले राप्रपा नेपाल र परिवार दलसंग तालमेल गर्ने (सहमति पत्रसहित)

काठमाडौं ।  नेकपा एमालेले  राप्रपा नेपाल र परिवार दलसंग आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति गरेको छ । 

आज एमालेले ती दुई पार्टीसंग छुट्टाछुट्टै  सहमति गर्दै चुनावी गठबन्धन गर्ने सहमति गरेको हो ।

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ ।

सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने छन् ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

यस्तै नेकपा एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तह चुनावमा गठबन्धन हुने भएको छ ।

नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको छ ।

अब परिवार दलका उम्मेदवारले पनि स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्नेछन् ।


प्रकाशित मिति: बुधबार, ३० चैत, २०७८, १६:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९