सत्तागठबन्धनद्धारा प्रदेश र जिल्ला सयन्त्रलाई तालमेलको मोडल सहित निर्देशन (निर्देशन सहित)

सत्तागठबन्धनद्धारा प्रदेश र जिल्ला सयन्त्रलाई तालमेलको मोडल सहित निर्देशन (निर्देशन सहित)


सत्तागठबन्धनद्धारा प्रदेश र जिल्ला सयन्त्रलाई तालमेलको मोडल सहित निर्देशन  (निर्देशन सहित)

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धन दलले तालमेलका लागि प्रदेश र जिल्ला सयन्त्रलाई निर्देशन जारी गरिएको छ । 
हिजो गरिएको तालमेलको ढाँचा सहित निर्देशन जारी गरिएको हो । 

पाँचदलीय सत्ता गठबन्धनको बैठकले ७५३ स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको छ ।  

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्टिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको हस्ताक्षर भएको निर्देशन जारी गरिएको छ । 

प्रदेश र जिल्ला तहमा पठाइएको सर्कुलरमा सिट वाँडफाँड गर्दा कुन संन्यत्रले कसरी गर्ने र बाँडफाँडको आधार के लाई बनाउने भन्ने सामान्य आधारहरु मातहात कमिटिलाई पठाएको छ । गठबन्धन दलहरुका वीचमा ०७४ को स्थानीय तहको निर्वाचन परिणाम, प्राप्त मतभार र संगठनको वस्तुस्थितिलाई आधार मानेर प्रमुख र उपप्रमुख पदको बाँडफाँट टुंग्याउने समझदारी बनेको थियो ।

महानगरपालिकाका मेयर र उपमेयर केन्द्रीय संयन्त्रले टुंगो लगाउने छ भने नगरपालिका गाउँपालिकाको मेयर र उपमेयरको पद बाँडफाँट जिल्ला संयन्त्रले वैशाख ३ भित्र प्रदेशलाई सिफारिस गर्ने, त्यसपछि प्रदेश संयन्त्रले वैशाख ५ भित्र निर्णय लिने निर्णय भएको थियो ।

त्यसमा सहमति नभए केन्द्रमा पठाउने विधि तय भएको छ । महानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष र सदस्यको उम्मेदवारी जिल्ला संयन्त्रले टुंगो लगाउने निर्णय भएको छ ।


प्रकाशित मिति: बुधबार, ३० चैत, २०७८, १७:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९