मतदान नसकिएसम्म असन्तुष्टिलाई आफूसंग राख्न ओलीको आग्रह

मतदान नसकिएसम्म असन्तुष्टिलाई आफूसंग राख्न ओलीको आग्रह


मतदान नसकिएसम्म असन्तुष्टिलाई आफूसंग राख्न ओलीको आग्रह

काठमार्डाैँ, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको मतदान नसकिएसम्म आफ्ना असन्तुष्टिलाई आफूसँगै राख्न कार्यकर्तालाई आग्रह गरेका छन । 

एमाले नुवाकोट जिल्ला कमिटीले बट्टारमा आयोजना गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कसले टिकट पायो भन्ने भन्दा पनि पार्टीले जित्ने कुरा ठूलो भएकाले एमाले जिताउन केन्द्रित हुनुपर्ने बताए ।

अध्यक्ष ओलीले भन्नुभयो ‘चुनावमा एउटाले टिकट पाउँछ, अरू जिताउन लाग्ने हो । कसले टिकट पाउँछ ठूलो कुरा होइन, पार्टीले जित्नुपर्छ । अहिले असन्तुष्टि पोख्ने बेला होइन । वैशाख ३० गतेपछि जेठ चार(पाँच गते बसेर असन्तुष्टिका स्वरको समीक्षा गरौँला ।’

अध्यक्ष ओलीले अहिले सबै एमाले पङ्क्तिको काम मत बढाउने र मतको सुरक्षा गर्ने रहेको भन्दै चुनावमा मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न नदिन समेत कार्यकर्तालाई निर्देशन दिए  ।

उनले भने, ‘मत बढाएर मात्र हुन्न, त्यसको सुरक्षा पनि गर्नुपर्छ । बत्ती निभाएर बाकस साटेर, मतपत्र च्यातेर चपाउनेहरू छन् । तिनीहरूसँग होसियार हुनुहोस् । मतपत्र आँखाबाट ओझेल पर्न नदिनुस् ।’

जिल्ला अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा भएको जनसभालाई एमाले उपमहासचिव विष्णु रिमाल नेताहरू महेन्द्र पाण्डे, केशव पाण्डे, केन्द्रीय सदस्य बिन्दा ढुंगाना, उषाकिरण तिम्सेना लगायतले सम्बोधन गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति यामबहादुर थापा लगायतको टोली एमाले प्रवेश गरेको थियो ।


प्रकाशित मिति: शुक्रबार, २ बैशाख, २०७९, २१:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९