भरतपुरमा ५० कांग्रेसका क्रियाशिल सदस्यले राजीनामा दिएर स्वतन्त्र अभियानमा

भरतपुरमा ५० कांग्रेसका क्रियाशिल सदस्यले राजीनामा दिएर स्वतन्त्र अभियानमा


भरतपुरमा ५० कांग्रेसका क्रियाशिल सदस्यले राजीनामा दिएर स्वतन्त्र अभियानमा

चितवन, ।   चितवनको भरतपुरका नेपाली कांग्रेसका ५० जनाले सामूहिक राजीनामा दिएका छन् ।

सत्तारुढ दलसंग भरतपुर महानगरपालिमा गठबन्धन गर्न थालेको भन्दै ५० जना कार्यकर्ताले पार्टीबाट राजीनामा गरेका हुन् । महानगर १७ बेलुवा टोलका ५० जना कांग्रेस नेताकार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका हुन्।

गठबन्धन गर्दा भरतपुर महानगरको मेयरमा माओवादीलाई केन्द्रीय नेतृत्वले दिन थालेको भन्दै राजीनामा दिएका हुन् । 

उनीहरुले  कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्यसमेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेका छन् । पूर्ववडाध्यक्ष देवनारायण महतो, वडाका पूर्वसभापति विष्णु सुवेदीसहित ५० जनाले सामूहिक राजीनामा दिएका हुन् । 

पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनीहरुको आरोप रहेको छ । पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेकोसमेत उनीहरुको आरोप छ। उनीहरूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन्।

पार्टीबाट राजीनामा दिएपछि उनीहरू स्वतन्त्र अभियानमा लाग्ने बताइएको छ।


प्रकाशित मिति: शनिबार, ३ बैशाख, २०७९, १८:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९