गभर्नर अधिकारीलाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

गभर्नर अधिकारीलाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश


गभर्नर अधिकारीलाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम  आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही नगर्न  अन्तरिम आदेश जारी गरेको छ । अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले आदेश जारी गरेको हो ।

न्यायाधीश हरि फुयालको एकल इजलासमा भएको सुनुवाइले गभर्नर अधिकारीलाई यथास्थितिमा काम गर्न दिन आदेश दिएको हो ।

अधिकारीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, राधेश्याम अधिकारीलगायतले बहस गरेका थिए ।

अदालतले वैशाख १३ गते दुवै पक्षलाई छलफल गर्न झिकाउन आदेश गर्दै त्यस समयसम्म अधिकारीमाथि कुनै कारबाही नगर्न भनेको हो । केही दिन अघि अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीलाई हटाउने निर्णय गरेका थिए । 


प्रकाशित मिति: मंगलबार, ६ बैशाख, २०७९, २१:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९