काठमाडौ, । सत्तारुढ गठबन्धन दलले ६ वटै महानगरपालिकाको प्रमुख र उपप्रमुख टुंगो लगाएको छ।
आज साँझ बसेको शीर्ष नेतासहितको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समिति बैठकले ६ वटै महानगरपालिकाको प्रमुख र उपप्रमुखको टुंगो लगाएको हो।
सहमति अनुसार काठमाडौँ, ललितपुर र विराटनगरको प्रमुख कांग्रेसलाई भरतपुर माओवादी केन्द्रलाई, वीरगञ्ज महानगर जसपा र पोखरा नेकपा (एकिकृत समाजवादी)लाई दिने सहमति भएको छ ।
यस्तै, माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपप्रमुख पाएको छ। नेकपा एकीकृत समाजवादीले काठमाडौं र जनता समाजवादी पार्टी जसपाले विराटनगर महानगरपालिकाको उपप्रमुख पाएको छ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९