सत्तागठबन्धनबीच महानगरको प्रमुख र उपप्रमुख बाँडफाँड

सत्तागठबन्धनबीच महानगरको प्रमुख र उपप्रमुख बाँडफाँड


सत्तागठबन्धनबीच महानगरको प्रमुख र उपप्रमुख बाँडफाँड

काठमाडौ, । सत्तारुढ गठबन्धन दलले  ६ वटै महानगरपालिकाको प्रमुख र  उपप्रमुख टुंगो लगाएको छ।

आज साँझ बसेको शीर्ष नेतासहितको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समिति बैठकले ६ वटै महानगरपालिकाको प्रमुख र  उपप्रमुखको टुंगो लगाएको हो।

सहमति अनुसार काठमाडौँ, ललितपुर र विराटनगरको प्रमुख कांग्रेसलाई भरतपुर माओवादी केन्द्रलाई,  वीरगञ्ज महानगर जसपा र पोखरा नेकपा (एकिकृत समाजवादी)लाई दिने सहमति भएको छ । 

यस्तै, माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपप्रमुख पाएको छ। नेकपा एकीकृत समाजवादीले काठमाडौं र जनता समाजवादी पार्टी जसपाले विराटनगर महानगरपालिकाको उपप्रमुख पाएको छ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । 

 


प्रकाशित मिति: मंगलबार, ६ बैशाख, २०७९, २१:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९