काठमाडौं । निर्वाचन आयोगले चुनाव चिह्न अंकित सामग्रीको उत्पादन तत्काल बन्द गर्न राजनीतिक दललगायत सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
आयोेगले आज विज्ञप्ति निकालेर आचारसंहिता विपरीत चुनाव चिह्न अंकित सामग्री उत्पादन तथा बिक्री वितरण भइराखेको सूचना प्राप्त भएको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गरेको हो । आयोगले आचारसंहिता उलंघन गर्नेलाई एक लाखसम्म जरिवाना हुने जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई मातहतका उद्योग र फर्मलाई चुनाव चिह्न अङ्कित सामग्रीको उत्पादन नगर्न नगराउनका लागि परिपत्र गर्न समेत आयोगले अनुरोध गरेको छ ।
निर्वाचन आचार संहिताले निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट र पहिरनका साथसाथै स्टिकर, लोगो, झोला, ब्याच, ट्याटु लगायतका प्रचार सामाग्रीहरु उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ ।
आयोगले निर्वाचन आचारसंहिता सबै सरकारी, गैर सरकारी, निजी संस्था र यी संस्थासँग आवद्ध पदाधिकारी तथा कर्मचारीलाई पनि लाग्ने आयोगले बताएको छ ।
आयोगले राजनीतिक दल, उम्मेदवार, दलका भातृ संगठन, कार्यकर्ता सबैलाई चुनाव चिह्न अंकित सामग्री उपयोग र खरिद नगर्न समेत आग्रह गरिएको छ ।
‘आयोगको अनुरोधलाई बेवास्ता गरी यदि कोही कसैले आचारसंहिताको उल्लङ्घन गरेमा राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ’ विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन आयोगले गत चैत २५ गते देखि लागु हुने गरी निर्वाचन आचारसंहितालाई कार्यान्वयनमा ल्याइसकेको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९