यस्तो छ सत्तागठबन्धनका दलको महानगर र उपमहानगरमा भागबन्डा (सहमति पत्रसहित)

यस्तो छ सत्तागठबन्धनका दलको महानगर र उपमहानगरमा भागबन्डा (सहमति पत्रसहित)


यस्तो छ सत्तागठबन्धनका दलको महानगर र उपमहानगरमा भागबन्डा (सहमति पत्रसहित)

काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरमा भागबन्डा गरेका छन् । 

लामो छलफल र रस्साकस्सीका वीच सत्ता गठबन्धनका ५ दलले महानगर र उपमहानगरको सिट बाँडफाँडको भागवन्डा मिलाएका हुन। आज दिउँसो सत्तारुढ गठबन्धनको बसेको बैठकले भागबन्डा टुंगो  लगाएको हो । 

सहमित अनुसार कांग्रेसले ३ महानगर र ७ उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ ।

कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिको मेयर परेका छन् । त्यस्तै धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको मेयर कांग्रेसले पाएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका तथा जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको  प्रमुख  पाउने भएको छ ।

नेकपा (एकिकृत समाजवादी)ले  पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको प्रमुख पाउँदा जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको प्रमुख पाएको छ ।

महानगरमध्ये कांग्रेसले वीरगञ्ज, भरतपुर र पोखरामा उपप्रमुख पाउने भएको छ । त्यस्तै जितपुर सिमरा, घोराही र हेटौंडा उपमहानगरपालिकामा कांग्रेसले उपप्रमुख पाउने सहमति बनेको छ ।

यस्तै माओवादीले ललितपुर महानगरको उपप्रमुख पाउने भएको छ । धरान र धनगढी उपमहानगरमा माओवादीले उपप्रमुख पाउने सहमति गठबन्धनमा बनेको छ । एकीकृत समाजवादीले काठमाडौं महानगरपालिका, इटहरी उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा उपप्रमुख लिने सहमति भएको छ ।

जसपाले विराटनगर महानगरपालिका, कलैया उपमहानगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा उपप्रमुख पाउने भएको छ ।


प्रकाशित मिति: बुधबार, ७ बैशाख, २०७९, २०:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९