डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस नेपालमा

डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस नेपालमा


डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस नेपालमा

काठमाडौँ, । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले नेपाल भ्रमणमा आउनु भएको छ । 

डब्लुएचओका महानिर्देशक डा टेड्रोस तीन दिने सद्भाव भ्रमणमा नेपाल आउन थालेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो । 
आज अपरान्ह उहाँ नेपाल आइपुगेका हुन् । नेपाल रहदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र  परराष्ट्रमन्त्री नारायण खड्कासंग पनि भेटघाट गर्ने छन् । 

भ्रमणकै क्रममा उहाँले टाइफाइड विरुद्धको खोप अभियानको अवलोकन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन, पाटन माध्यामिक विद्यालय र हनुमानढोका तथा पाटन दरवार पनि भ्रमण गर्ने छन् । 

महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू समेत आएकी छन् 
उनी वैशाख १० गते फर्कनुहुने कार्यक्रम रहेको छ । 

 


प्रकाशित मिति: बिहिबार, ८ बैशाख, २०७९, २१:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९