कांग्रेसबाट महानगर र उपमहानगरको उम्मेदवार छनोट गर्ने जिम्मा देउवालाई

कांग्रेसबाट महानगर र उपमहानगरको उम्मेदवार छनोट गर्ने जिम्मा देउवालाई


कांग्रेसबाट महानगर र उपमहानगरको उम्मेदवार छनोट गर्ने जिम्मा देउवालाई

काठमाडौँ । नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरको उम्मेदवार छनोट गर्ने जिम्मा सभापति शेरबहादुर देउवाको दिएको छ  ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्रीसमेत रहेका देउवालाई उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिएको हो ।

बैठकले महानगरको टिकट वितरणका लागि १४ सदस्यीय संसदीय समिति गठन गरेको थियो । तर, अन्तिम अवस्थामा देउवालाई टिकट वितरणको पूर्ण अधिकारी दिने भएको हो ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरमा मेयर पाएको छ । यस्तै, वीरगञ्ज, भरतपुर र पोखरामा उपमेयर पदमा उम्मेदवार उठाउने छ ।

यस्तै उपमहानगरतर्फ धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीमा मेयर उम्मेदवार उठाउने भएको छ भने जितपुर सिमरा, घोराही र हेटौँडामा उपमेयर पाएको छ ।


प्रकाशित मिति: आइतबार, ११ बैशाख, २०७९, १७:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९