यी हुन् एकिकृत समाजवादीका महानगर र उपमहानगरका उम्मेदवार (नाम सहित)

यी हुन् एकिकृत समाजवादीका महानगर र उपमहानगरका उम्मेदवार (नाम सहित)

पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई र काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई टिकट दिने भएको छ


यी हुन् एकिकृत समाजवादीका महानगर र उपमहानगरका उम्मेदवार (नाम सहित)

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)ले  आफूले पाएका महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ ।

समाजवादीका महासचिव बेदुराम भुसालले आज विज्ञप्ति निकाल्दै गठबन्धनबाट आफूले पाएका महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाएको जानकारी दिए ।  पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई र काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई टिकट दिने भएको छ 

 हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा मिना लामालाई र  उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्टलाई टिकट दिएको छ । 

यस्तै समाजवादीले बुटबल उपमहानगरपालिकाको उपमेयरमा चिनबहादुर गुरुङलाई र तुल्सीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना मगरलाई अघि सारेको छ । 
आफनो पार्टीको तर्फबाट उमेद्‍वारी दिएका सबैले कलम चिन्ह लिएर प्रतिस्पर्धा गर्ने एकीकृत समाजवादीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तालमेल भएका स्थानीय तहमा तालमेल अनुसार उमेद्‍वारी दिने र तालमेल नभएका स्थानीय तहमा पार्टीका तर्फबाट समेत उमेद्‍वारी दिने निर्णय भएको महासचिव  भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: सोमबार, १२ बैशाख, २०७९, १०:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९