डोल्पाको दुई गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध

डोल्पाको दुई गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध


डोल्पाको दुई गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध

काठमाडौँ । डोल्पाको दुई गाउँपालिकामा  नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध भएका छन् ।

काइके गाउँपालिका र छार्का तोङसोङ गाउँपालिकामा एकीकृत समाजावदीका अध्यक्षहरू निर्विरोध भएका हुन् ।

नेकपा एसका केन्द्रीय सदस्य शुष्मा राईका अनुसार डोल्पाको दुई गाउँपालिकामा अध्यक्ष, एक गाउँपालिकामा उपाध्यक्ष र ६ वडाध्यक्ष गरी ९ जना पदाधिकारीहरू निर्विरोध भएका हुन् ।

निर्विरोध हुनेहरूमा काइके गाउँपालिका अध्यक्ष अङ्गत राना र छार्का ताम्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ रहेका छन् ।

यस्तै, डोल्पो बुद्ध गाउँपालिकामा नेकपा एसका उपाध्यक्षका उम्मेदवार पेमा दोर्जेस निर्विरोध भएका छन् । यस्तै, ६ वडाध्यक्षमा विजयी भएका छन् ।


प्रकाशित मिति: सोमबार, १२ बैशाख, २०७९, २१:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९