प्रचण्ड र माधवले पार्टी कब्जा गर्न खोजे : अध्यक्ष ओली

प्रचण्ड र माधवले पार्टी कब्जा गर्न खोजे : अध्यक्ष ओली


प्रचण्ड र माधवले पार्टी कब्जा गर्न खोजे : अध्यक्ष ओली

काठमाडौँ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताएका छन् । 

मनमोहन अधिकारीको २३ औ स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आयोजन गरेको कार्यक्रममा उहाँले मनमोहन अधिकारी अनेक दुःख कष्ट अनेक कुरा सहेर नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउनु भएको बताए । 

“दोस्रो महाधिवेशनपछि कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भयो । २०२२ सालपछि त पार्टी टुक्राटुक्रा भयो,” उनले भने, “ छिन्नभिन्न्न र टुक्राटुक्रा भएको कम्युनिष्ट अन्दोलनलाई एकताबद्ध बनाउने काम मनमोहन अधिकारीले गर्नुभयो ।” 

उनले मनमोहनले जोडेको कम्युनिष्ट आन्दोलनलाई भत्काउन खोजिएपनि त्यसलाई पुनः एकताबद्ध बनाएकोले ठूलो बिजयको तयारीमा आफुहरु रहेको धारणा राखे । 
अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनको वैचारिक र  व्यहारिक सवभन्दा मजवुद शक्ति एमाले रहेको बताए  । 

मनमोहन अधिकारी नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्नुभन्दा अगाडि नै कम्युनिष्ट बनेको उनको भनाई रहेको थियो । 

“मनमोहन नेपालका कम्युनिष्टमा मध्ये एक ज्येष्ठ कम्युनिष्ट हुनुहुन्छ । मनमोहन भन्दा पुरानो कम्युनिष्ट देखेको छैन,” उनले भने । 

उनले पुष्पलाल श्रेष्ठको विचार योग्यता अनुसार काम गर्न नदिएको र  त्यसपछि मनमोहन अधिकारीलाई षडयन्त्रपूर्क तरिकाले हटाइएको स्पष्ट पारे । 

अध्यक्ष ओलीले मनमोहनमा हतारोसंग काम नगरी सुविस्तासंग काम गर्ने वानी रहेको भनाई रहेको थियो । “उहाँको राजनीीतिक यात्रा रिले रेस जस्तो थिएन । उहाँ राजनीतिकको म्याराथुन धावक हो ।” अध्यक्ष ओलीले भने, “म्याराथुन धावक भएको हुनाले उहाँले ७१ बर्ष उमेरको उहाँ सांसद र प्रधानमन्त्री हुनु भयो ।” 

केशरजंग रायमाझी दोस्रो महाधिवेनमा पार्टी कब्जा गरेजस्तै अहिले पनि माधवकुमार नेपाल र पुष्पकलम दाहाल ‘प्रचण्ड’ले पार्टी कब्जा गर्न खोजेको आरोप लगाए । 

उनले प्रजातन्त्र र लोकतन्त्र बचाउनका लागि स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको बताए ।  उनले एमाले पार्टी उत्साहका साथ निर्वाचनमा होमिएको भन्दै कोही नेता कार्यकर्ता आवेश उत्तेजनामा नआउन आग्रह गरे । 

उनले मनमोहन अधिकारीले जस्तै नेता कार्यकर्तामा धैयता र संयम अपनाउन जरुरी रहेको बताए ।

“मनमोहन अधिकारीले धैयता नलागेको भए वहुदलिय व्यवस्था ल्याएर प्रधानमन्त्री कसरी हुनुुहुन्थ्यो । संयम र धैयता एमालेको चरित्र हो । त्यसका साथमा एमाले अगाडि बढाउनुपर्दछ, ”उनले भने, “ हाम्रो सामु रहेका चुनौति सामना गर्न हाम्रा प्रतिवद्धता सार्थक बनाउन संयम र अनुसाशन रहन आवश्यक छ । सवैले आचारण, व्यवहार र चिन्तनमा सुधार ल्याउन जरुरी रहेको छ ।”

उनले  वडामा टिकट पाएन भने पार्टी छाडछु नभनि पार्टीले  गरेको निर्णय मान्नुपर्ने बताए । 

उनले हाम्रो पार्टीमा नातावाद कृपावाद नरहेको स्पष्ट पार्दै सवै नेता कार्यकर्तालाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका केन्द्रीत एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे । 

प्रतिष्ठानका अध्यक्ष तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश बनाउने अभियानको एजेण्डा बोकर एमाले अगाडि बढेको बताए । 
मनमोहनको विचारलाई निर्देशन हुँदै र आर्दशलाई पछ्याउदै अगाडि बढ्नपर्ने बताए । 

मनमोहन अधिकारी नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्रीको रुपमा २०५१ सालमा निर्वाचित भएका थिए । उनको १९७७ जेठ २८ गते जन्मिनु भएका  २०५६ साल वैशाख १३ गते निधन भएको थियो । कार्यक्रममा एमालेका उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङ, महासचिव शंकर पोखरेल लगायतको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: मंगलबार, १३ बैशाख, २०७९, २१:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९