नेपालगन्ज .। स्थानीय तह निर्वाचन–०७९ मा बाँकेमा प्रमुख/अध्यक्ष, उप–प्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, सदस्य, महिला र दलित सदस्यमा गरी झन्डै साढे २ हजार जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी शिवराज पन्तका अनुसार प्रमुख/अध्यक्ष पदमा ७३ जनाको उम्मेदवारी परेको छ । प्रमुख÷अध्यक्ष पदमा सबैभन्दा कम नरैनापुरमा ४ र सबैभन्दा बढी नेपालगन्ज उप–महानगरमा १८ जनाको उम्मेदवारी परेको छ ।
त्यसैगरी उप–प्रमुख/उपाध्यक्ष पदमा ५६ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा बढी नेपालगन्ज र कोहलपुरमा १०-१० जना र सबैभन्दा कम नरैनापुर र बैननाथमा पाँच-पाँच जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा ५१९ जनाको, सदस्यमा ८७२, महिला सदस्य ४२४ र दलित सदस्यमा ३९२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९