विराटनगरका मेयरले दिए राजीनामा

विराटनगरका मेयरले दिए राजीनामा


विराटनगरका मेयरले दिए राजीनामा

काठमाडौँ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी छनौटमा असन्तुष्टि जनाउँदै उनले आज राजीनामा दिएका हुन् । 

राजीनामा पत्रमा भने मेयर पराजुलीले ‘नैतिकताको आधारमा राजीनामा दिएको’ उल्लेख गरेपनि उम्मेदवार छनौटमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । 
‘निर्वाचन कार्यक्रम सुरू भइसकेको अवस्थामा मेयरको जिम्मेवारीमा रहिरहनु उचित नहुने भएकाले नैतिकताका आधारमा राजीनामा दिएको छु’, उनले भने। 

उनले मुख्य कारण नैतिकता बताए पनि टिकट वितरणको असन्तोषका कारण कार्यकाल बाँकी रहँदै पद छाडेका हुन् । 


प्रकाशित मिति: बुधबार, १४ बैशाख, २०७९, २०:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९