एकिकृत समाजवादी मकवानपुरका अध्यक्ष एमालेमा प्रवेश

एकिकृत समाजवादी मकवानपुरका अध्यक्ष एमालेमा प्रवेश


एकिकृत समाजवादी मकवानपुरका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौ । नेकपा एमालेप्रति देशब्यापी आकर्षण बढिरहेका बेला माओबादी केन्द्र निकट बुद्धिजीबी तथा प्राध्यापकहरु पनि एमालेमा समाहित भएका छन् । 
नेपाल राष्ट्रिय प्रगतिशील प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्राडा.रमेश भट्टराई नै एमालेमा प्रवेश गरेका हुन् । ।

बिहीबार काठमाडौमा आयोजित बिशेष कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

सोही कार्यक्रममा नेकपा एस मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पनि एमालेमा फर्किएका छन । उनीसंगै उत्तम शर्मा, देबेन्द्र कोइराला, अनिल पोख्रेल लगायत पनि एमाले फर्किएका हुन् । 

अध्यक्ष ओलीले आजैदेखि पार्टी, देश र जनताका काममा सकृय हुन आग्रह गरे । उनले एमालेभित्र सबैलाई उचित जिम्मेवारी र सम्मानजनक ब्यवहार हुने बताए ।
एमालेमा समाहित हुनुभएका नेपाल राष्ट्रिय प्रगतिशील प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्रा।डा। भट्टराईले माओबादी केन्द्रबाट प्राध्यापक, बुद्धिजीबीहरुले बिद्रोह गरेर पुरानै घरमा समाहित भएको बताए । करिब डेढदशक माओबादीमा रहँदा चरम तनाव र पीडाका दिनहरु बिताएको चर्चा गर्दै आजबाट उन्मुक्ती पाएको बताए।

 नेकपा एस मकवानपुरका अध्यक्ष पोखरेलले आफूहरु रंगीन दृश्यहरु ठानेर फिल्म हलमा छिरे पनि त्यहाँका पात्रहरु कम्युनिष्ट आन्दोलन समाप्त पार्ने खेलमा लागेको देखेर एमालेमै फर्किएको बताए । उनले हिजो मात्र नेकपा एस छाडेका थिए । 


प्रकाशित मिति: बिहिबार, १५ बैशाख, २०७९, २१:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९